ad ad

राजनीति


संसद विघटनको बचाउ गर्दै ओलीले भने : यो गठबन्धन प्रतिगमनतिर जाँदैन

संसद विघटनको बचाउ गर्दै ओलीले भने : यो गठबन्धन प्रतिगमनतिर जाँदैन

संसदमा सम्बोधनका क्रममा एमाले अध्यक्ष ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २५, २०७९ सोमबार १४:११, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ दल प्रतिगमनका पक्षमा नजाने दाबी गरेका छन्। 

पहिलो पटक सोमबार बसेको संसद बैठकमा सत्तापक्षका तर्फबाट बोल्दै अध्यक्ष ओलीले भने, ‘अहिलेको कोलिसन प्रतिगनममा जाँदैन, जानु हुँदैन। यो समीकरण समग्रतामा राष्ट्रियता, सार्वभौमितकता, राष्ट्रिय हीतको पक्षमा उभिन्छ। यसो भन्न अप्ठेरो मान्न पर्दैन। अहिलेको कोलिसनले संविधानको रक्षा गर्छ।' 

अध्यक्ष ओलीले आफूले दुइपटक गरेको संसद विघटन गलत नभएको भन्दै बचाउ गरेका छन्। त्यसका लागि उनले बेलायतको उदाहरण दिए।

‘प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइन, यति पनि जान्ने नहुने हो कि, त्यसो भए त बेलायतमा कतिपटक प्रतिगमन भएछ भएछ, संसदीय व्यवस्थाको जन्मदाता देशमा अस्तिसम्म संसद विघटन भएको थियो, ’ ओलीले थपे, ‘अन्यत्र लगेर सरकार ढाल्न खोजे प्रतिगमन हुन्छ,’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .