ad ad

राजनीति


संसदको रोष्ट्रमबाट रविको अनुरोध– आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला

संसदको रोष्ट्रमबाट रविको अनुरोध– आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने। तस्बिर : सरोज बैजू


नेपालखबर
पुस २५, २०७९ सोमबार १४:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन्। 

सोमबार पहिलो पटक बसेको संसद् बैठकमा धारणा राख्दै लामिछानेले उक्त धारणा राखेका हुन्।  

पहिलो बैठकबाटै उनले सांसदहरुलाई आफ्ना मान्छे छुटाउन कुनै पनि किसिमको दबाब नदिन अनुरोध गरे। 

उनले भने, ‘छातीमा हात राखेर भन्न चाहन्छु– म र मसँग सम्बद्ध दलबाट अनियमितता हुनेछैन। भएको खण्डमा निर्मम कारबाही गर्ने वाचा गर्न चाहन्छु।’

उनले यसपटक जनताले जस्तो जनमत दिएका थिए त्यहीअनुसार सरकार बनेको बताए।  

उनले अहिले जनताले दिएको मत निराशाको नभएर आशाको भएको बताए। 

‘नेपाली जनताले दिनुभएको आशाको मत, सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो’, लामिछानेले भने, ‘नेपाली जनताले यसपटक जानेर नजानेर असाध्यै जानेर मत दिनुभएको छ। कसैलाई पनि नमातिने गरी सचेत रुपमा मत दिनुभएको छ। सचेत गराउने गरी आएको यो मतलाई हामी न्याय गर्नेछौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .