ad ad

राजनीति


प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले लगायो ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले लगायो ह्वीप

फाइल तस्बिर।


नेपालखबर
पुस २६, २०७९ मंगलबार ११:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरूलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। 

गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार (आज) विश्वासको मत लिँदैछन्। 

त्यसअघि बसेको पार्टीको संसदीय दलको बैठकले ह्वीप जारी गरेको प्रवक्ता डा. मुकुल ढकालले नेपालखबरलाई जानकारी दिए। ‘हाम्रा सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि ह्वीप जारी गरेको हो,’ डा. ढकालले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .