नेकपा एमालेले डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ। राष्ट्रियसभा सदस्य रहेकी डा. पौडेललाई परराष्ट्रमन्त्री बनाउने सहमति जुटेको एमाले स्रोतले जानकारी दियो।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्। उनी राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा स्वकीय सचिवको जिम्मेवारीमा थिइन्।
स्वीट्जरल्याण्डबमा वातावरण विज्ञानमा पीएचडी गरेकी डा. पौडेल यसअघि योजना आयोगको सदस्य समेत भएकी थिइन्।
उनीसँग वातावरणसम्बनधी विभिन्न संस्थामा रहेर काम गरेको अनुभव छ। राष्ट्रियसभामा उनको कार्यकाल ६ वर्षको छ।
यसअघि महिलाबाट परराष्ट्रमन्त्रीमा सुजाता कोइराला र साहना प्रधान थिइन्।
पाैडेल तेस्रो महिला परराष्ट्रमन्त्रीका रुपमा मन्त्रिमण्डलमा सहभागी हुने भएकी हुन्।
आजै नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ। सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेले ८ मन्त्रालय पाएको छ।
Shares
प्रतिक्रिया