ad ad

राजनीति


सीपी गजुरेल पक्राउ

सीपी गजुरेल पक्राउ

नेपालखबर
पुस १३, २०७६ आइतबार ९:२७,

प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेललाई पक्राउ गरेको छ।

आइतबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन गएका देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का अध्यक्ष गजुेरलसहित मोर्चाका महासचिव परी थापा र नेता पवनमान श्रेष्ठलगायतलाई प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए।

सीमा अतिक्रमणको विरोधमा रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रहरीले हनुमानस्थानमा रोकेको थियो। त्यसक्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा केही कार्यकर्ताहरु घाइते भएको थिए।

प्रहरीकाे लाठीचार्जबाट घाइते देजमाे कार्यकर्ता सुनिता बुढाथाेकीलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएकाे छ।

गिरफ्तार नेता कार्यकर्ताहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएकाे छ। प्रहरी नियन्त्रणमा अध्यक्ष गजुरेल र महासचिव थापासहित नेताहरु पवनमान श्रेष्ठ, क्रान्तकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, सुर्य श्रेष्ठ दीपक शाही, वशन्त बाेगटी, फुर्नाम्गेल माेक्तान तामाङ, खगेन्द्र छन्त्याललगायत १५ जना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .