ad ad

राजनीति


सरकारले आमाको पहिचान र अस्तित्वलाई स्वीकारेन : विद्या भट्टराई

सरकारले आमाको पहिचान र अस्तित्वलाई स्वीकारेन : विद्या भट्टराई

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १४:११, काठमाडौँ

नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरित मावलीको धर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्विकार गर्ने गरी सबै वडाहरुमा सरकारले गरेको परिपत्र फिर्ता लिई संविधानसम्मत अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराइन्। 

उनले संविधान र कानुनको ख्याल गरेर अघि बढन पनि सरकारको ध्यानाकर्षण गराइन्। 

‘सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ताबारे सबै वडाहरुमा परिपत्र गरेको छ। संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ', उनले भनिन्, 'परिपत्रले संविधान र कानुनले सावित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ। संविधान र देवानी संहिताअनुसार फेरि परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’

सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरुको जन्मदर्ता उनीहरुको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .