ad ad

राजनीति


संक्रमणकालीन न्यायसम्बन्धी काम चाँडै पूरा गर्छाैं : उपप्रधानमन्त्री श्रेष्ठ

संक्रमणकालीन न्यायसम्बन्धी काम चाँडै पूरा गर्छाैं : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालखबर
चैत २७, २०७९ सोमबार ११:२, चितवन

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्न सरकार लागिपरेको बताएका छन्। 

आज बिहान चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका दुईवटा महत्त्वपूर्ण कार्यभार पूरा भएको तर तेस्रो तथा मुख्य काम– संक्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्न अझै बाँकी रहेको बताए। 

‘शान्ति प्रक्रियाका दुईवटा महत्त्वपूर्ण कार्यभारहरू पूरा भए। तर एउटा कार्यभार अझै बाँकी छ। राजनीतिक कार्यभार जो परिवर्तनलाई संस्थागत गर्नु थियो, त्यो पूरा भयो। प्राविधिक रूपमा सेना समायोजन र व्यवस्थापन गर्नु थियो त्यो पूरा भयो’, उनले भने, ‘तेस्रो मुख्य काम– संक्रमणकालीन न्यायसम्बन्धी काम अझै पूरा गर्न बाँकी छ। त्यो काम पनि पूरा गरेपछि मात्रै शान्ति प्रक्रिया समग्रतामा पूरा भएको स्थिति बन्छ।’
उनले अगाडि भने, ‘त्यो भनेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिएर उपयुक्त वातावरण प्रदान गर्दै सम्पन्न गर्नु हो। त्यसका निम्ति अहिले हामीले संशोधन बिल हामीले पार्लियामेन्टमा राखेका छौँ, प्रस्तुत गरेका छौँ र त्यसलाई छिट्टै पारित गरेर आयोगहरूलाई नयाँ ढंगले गठन गरेर हामी यो काम पनि पूरा गर्छाैं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .