नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघको नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज चुनाव (मतदान) हुँदै छ।
अध्यक्ष पदमा गोकर्णबहादुर बानियाँ र सोमनाथ गिरी प्यानलसहित प्रतिस्पर्धामा छन्।
बानियाँ नेपाली कांग्रेसको संस्थापननिकट र गिरी इतरनिकट उम्मेदवार हुन्।
निर्वाचन समितिले अहिले बिहान ९ बजे मतदान सुरु गर्ने तयारी गरेको सहायक मतदान अधिकृत नवीन धामीले जानकारी दिए।
कूल मतदाताको संख्या ६२१ छ। मतदान सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा हुँदै छ। मतदानका लागि ४ बुथ बनाइएको छ।
117
Shares
प्रतिक्रिया