ad ad

राजनीति


मतदातासँग स्वर्णिमले भने : बिग्रिएको राजनीति सही ठाउँमा ल्याउनु छ

मतदातासँग स्वर्णिमले भने : बिग्रिएको राजनीति सही ठाउँमा ल्याउनु छ

तनहुँका मतदातामाझ स्वर्णिम वाग्ले


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १४:५३, काठमाडौँ

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले बिग्रिएको राजनीतिलाई सही ठाउँमा ल्याउनुपर्ने जरुरी रहेको बताएका छन्।

तनहुँमा बिहीबार चुनाव प्रचारका क्रमम मतदातालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'पहिले राजनीति संङ्ल्याऊँ, अनि आर्थिक मुद्दामा जान्छौँ', उनले भने, 'यो मुलुकको राजनीति सही ठाउँमा छैन, यसलाई पहिले सही ठाउँमा ल्याउनु पर्छ।'

उनले आफूमा केही गर्छु भन्ने विश्वास रहेको पनि सुनाए। 'म केही गर्न सक्छु भन्ने विश्वास छ, त्यो विश्वास तपाईंहरुले पनि फर्काइदिनुस्', उनले भने।

वाग्लेले तनुहँ १ बाट आफू, चितवन २ बाट रवि लामिछाने र बारा २ बाट रमेश खरेलले जितेर संसद छिर्दाको दृश्य हेर्नलायक हुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .