ad ad

राजनीति


सभामुखले बोलाएको तीन दलका शीर्ष नेताको बैठक स्थगित

सभामुखले बोलाएको तीन दलका शीर्ष नेताको बैठक स्थगित

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८० शुक्रबार ११:२७, काठमाडौँ

सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ। 

दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो।

सभामुख घिमिरेले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठनसहितमा सहमति जुटाउन संवाद गरिरहेका छन्। 

यसअघि सभामुखको पहलमा संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई लिएर दलहरूबीच छलफल भएको थियो। 

सभामुखले यसअघि चैत २५ गते सिंहदरबार र चैत २८ गते सरकारी निवास बालुवाटारमा शीर्ष नेतासँग छलफल गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .