डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले उपनिर्वाचनमा चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ।
मंगलबार पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा नेसपालाई प्रेषित पत्रमाथि गम्भीर छलफल गरी आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–१ र तनहुँ–२ मा कांग्रेसका उम्मदेवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाले जनाएको छ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा आफ्नो दललाई सहयोग गर्न आग्रह गर्दै नेसपालाई पत्र पठाएका थिए।
नेसपा हाल सत्ता गठबन्धनमा सामेल छ।
39
Shares
प्रतिक्रिया