नेपालकै पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेकी छन्।
उपाधिसँगै उनले १० लाख रुपैयाँ पुरस्कार पाएकी छन्।
फिनालेमा पुगेका पल्लविव, नाथन रायान र मिल्सन राईलाई भोटमा पछि पार्दै नीलमले ‘पोएट आइडल’को उपाधि हात पारेकी हुन्।
‘डन डिरेक्टर’का रूपमा परिचित अमनप्रताप अधिकारीले निर्देशन गरेको ‘द पोएट आइडल’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त निर्णायक थिए।
267
Shares
प्रतिक्रिया