सर्लाहीमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको जिल्ला शाखा गठन गरिएको छ।
माओवादी केन्द्रका हरिवन नगर समिति अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा प्रतिष्ठानको ११ सदस्यीय जिल्ला शाखा गठन गरिएको हो।
समितिमा उपाध्यक्ष सावित्रा बुढाथोकी, सचिव कृष्ण गौतम, कोषाध्यक्ष बालकुमार श्रेष्ठ चयन भएका छन् भने दिनेश थापा, इन्द्र पाठक, शिवजी साह, बमबहादुर लोप्चन, सुन्दरकलादेवी महतो, बद्री प्रधान र श्याम बाबु कार्की सदस्य बनेका छन्।
प्रतिष्ठानले नेपालको वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा नरबहादुर कर्माचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउनेगरी वैचारिक क्षेत्रमा विभिन्न काम गर्ने अध्यक्ष पन्तले बताए।
स्वर्गीय कर्माचार्य नेकपाका संस्थापक सदस्यमध्ये एक हुन्।
273
Shares
प्रतिक्रिया