राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा गत ६ वैशाखदेखि उपचार गराएका राष्ट्रपति पौडेल आइतबार नै स्वदेश फर्कने कार्यतालिका छन्।
राष्ट्रपति कार्यालयका अनुसार आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल स्वदेश फर्कने कार्यक्रम रहेको छ।
‘उक्त अस्पतालमा उहाँको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ,’ राष्ट्रपतिको कार्यालयले जनाएको छ।
चिकित्सकहरूले उनलाई अझ केही हप्ता आराम गर्ने सुझाव दिएको पनि राष्ट्रपति कार्यालयले जनाएको छ।
27
Shares
प्रतिक्रिया