ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा एक्ला एक्लै वार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा एक्ला एक्लै वार्ता

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १४:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा एक्ला एक्लै भेटवार्ता भएको छ।

तत्कालीन सात दलीय गठबन्धन सरकारबाट एमाले फागुन १५ गते बाहिरएपछि पहिलो पटक ओली र प्रचण्डबीच एक्ला एक्लै वार्ता भएको हो।

प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच वार्ता भएको छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने र प्रतिपक्षमा लैजाने प्रतिस्पर्धा यी दुई नेताबीच चलिरहेको छ।

अर्कातिर नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेसहितका उच्च नेताहरु तानिन थालेका छन्। त्यस्तै उच्च पदका कर्मचारी पनि यो प्रकरणमा तानिएका बेला सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताबीच वार्ता भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .