ad ad

कला


आमाले दोस्रो सन्तान जन्माउने खबरले टुटेकी थिइन् पलक

आमाले दोस्रो सन्तान जन्माउने खबरले टुटेकी थिइन् पलक

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १४:३२, काठमाडौँ

पलक तिवारीले हालै सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’बाट अभिनयमा डेब्यू गरिन्। उनी चर्चित टिभी अभिनेत्री श्वेता तिवारीकी छोरी हुन्। एक अन्तर्वार्तामा उनले १५ वर्षकी हुँदा उनकी आमा दोस्रो पटक गर्भवती भएको बताएकी थिइन्।

पलक त्यो क्षण सम्झँदै भन्छिन्, ‘आफ्नी आमाले अर्को सन्तान जन्माउन लागेकी छिन् भन्ने कुरा सुनेर म निक्कै रिसाएकी थिएँ। तर, अस्पताल गएर सोनोग्राममा बच्चाको तस्बिर देखेपछि म रोएँ।’ त्यो समय पलकले आफूलाई सबैभन्दा धेरै त्यो बच्चाको माया महसुस गरेको बताइन्।

पलक तिवारी यतिबेला निकै चर्चामा छिन्। डेब्यु फिल्मको कम्प्यानियनमा दिएको अन्तर्वार्तामा उनले आफ्नी आमाका बारेमा कुरा गरेकी हुन्। उनले भनेकी छिन्, ‘मलाई १५ वर्षको उमेरमा सम्झना छ, जब मेरी आमाले तिमीलाई थाहा छ हाम्रो घरमा एउटा सानो बच्चा आउँदैछ भनेर बताउनुभएको थियो। यो सुनेर मैले टाउको समाएको थिएँ।’

त्यतिबेला मैले आमालाई भनेको थिएँ, ‘यो हुन सक्दैन।’ आमाले भन्नुभयो ‘के हुन सक्दैन?’ त्यतिखेर म र मेरी आमाबीच कुनै सम्झौता भएको जस्तो लाग्थ्यो र आमाले त्यो सम्झौता तोडेको जस्तो महसुस भएको थियो।’

पलकले थप भनिन्, ‘ममीले मैले के भन्दैछु भन्ने बुझ्न सक्नु भएन। आमाले किन अर्को बच्चा जन्माउँदै छन् भनेर सम्झाएनन्। तर मेरो ठाउँमा अर्को बच्चा हेर्नका लागि म तयार थिइनँ। त्यतिबेला मलाई आमाले ओभरएक्टिङ्ग बन्द गर भन्नु भएको थियो।’

उनले अगाडी थपिन्, ‘मेरो लागि टर्निङ प्वाइन्ट तब आयो, जब म आमासँग सोनोग्राफी गर्न अस्पताल गएँ। पहिलो पटक बच्चाको तस्बिर देखेर म रुन थालेँ। म पनि काँपिरहेको थिएँ। त्यतिबेला मलाई यो बच्चाभन्दा धेरै माया यो संसारमा अरु कसैलाई छैन भन्ने लाग्यो।’

सन् २०१६ नोभेम्बरमा उनकी आमा श्वेताले छोरा रेयांशलाई जन्म दिएकी थिइन्। रेयांश तथा पलकका बुवा अभिनव कोहली र श्वेता अहिले छुट्टै बस्छन्। श्वेताले आफ्ना दुवै छोराछोरीलाई एक्लै हुर्काएकी हुन्। श्वेता र अभिनवको विवाह सन् २०१३ मा भएको थियो।

पलकको बुबाको नाम राजा चौधरी हो। उनी श्वेताका पहिलो पति थिए। दुवैले सन् १९९९ मा विवाह गरेका थिए। पलकको जन्म ८ अक्टोबर २००० मा भएको थियो।

श्वेता तिवारी रक्सीको लत र शारीरिक आक्रमणका कारण राजा चौधरीसँग अलग भएकी थिइन्। दुवैले सन् २००७ मा सम्बन्धविच्छेद गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .