ad ad

राजनीति


सरकारमा जाने वा समर्थन फिर्ता लिने? रास्वपाको ‘निर्णायक’ बैठक बस्दै

सरकारमा जाने वा समर्थन फिर्ता लिने? रास्वपाको ‘निर्णायक’ बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार ८:५०, काठमाडौँ

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा समर्थन फिर्ता लिएर प्रतिपक्ष बन्ने भन्ने विषयमा निर्णय गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैठक राख्दै छ। 

रास्वपाका एक पदाधिकारीका अनुसार आज पार्टीका केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो। बैठक साँझ साढे ५ बजे पार्टी कार्यालय (बसुन्धरा) मा बस्ने तयारी छ।

‘हामी बीचमा बस्दैनौँ, कि सरकारमा सहभागी हुन्छौँ कि समर्थन फिर्ता लिएर प्रतिपक्ष बन्छौँ’, ती पदाधिकारीले नेपालखबरसँग भने। 

यसअघि गत सोमबार बसेको रास्वपा बैठकले आज शुक्रबार निर्णायक बैठक राख्ने निर्णय गरेको थियो। 

गत मंसिरको चुनावपछि सरकारमा सहभागी भइसकेको रास्वपा नागरिकता मुद्दाका कारण गृहमन्त्रीसमेत भइसकेका पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि सरकारबाट बाहिरिएको हो। तर उसले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएको छैन।

पछि प्रक्रियाबमोजिम पुन: नेपाली नागरिकता लिएर लामिछाने यही वैशाख १० गते भएको उपचुनाव जितेर फेरि चितवन-२ बाटै प्रतिनिधि सभा सदस्य भइसकेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई फेरि सरकारमा सामेल हुन आग्रह गरिसकेका छन्। तर लामिछाने पहिलेकै मन्त्रालय गृह पाए मात्र सरकारमा सहभागी हुने अडानमा छन् भने प्रधानमन्त्रीले अहिल्यै त्यसो गर्न सहज नभएको बताइरहेका छन्।

यहीबीच रास्वपाको आज ‘निर्णायक’ बैठक बस्न लागेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .