ad ad

राजनीति


सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

नेपालखबर
पुस २४, २०७६ बिहिबार ९:२३,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छन्।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारी विकासको दिशातर्फ जानुपर्ने बताइन्।

राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उनले एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागू गरेर जानुपर्ने बताइन्। सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्मशिलता भएको बताइन्। ‘ वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी रोजगारीको अभियानमा लाग्नुपर्छ’, उनले भनिन्।

सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्मशिलतामा जान सम्भव हुने उनको भनाइ थियो। त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनको विश्वास छ।

सहकारीमा उद्मशीलता नारा बनाएर जान सुझाब दिँदै मन्त्री अर्यालले भूगोलमा काम शुरू गरिहाल्न आग्रह गरिन्। राष्ट्रिय अर्थतन्त्र निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले एउटा नतिजा दिनेगरी सहकारी अगाडि बढ्नुपर्ने बताइन्।

सहकारीले उद्मशीलताका क्षेत्रमा काम गर्नेक्रममा आइपर्ने विभिन्न कानुनी बाधाहरूलाई मन्त्रालयले सहजीकरण गर्दै आएको बताइन्। सहकारीमैत्री कानुननिर्माण पहिलो शर्त भएको भन्दै मन्त्री अर्यालले सहकारी अभियन्ताहरूले दिएको सुझाबको मनन गरिने बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .