सवारी दुर्घटनामा परेका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सभासद् एवम् प्रभातफेरी साप्ताहिकका प्रधान सम्पादक प्रह्लाद शर्मा हुमागाँईलाई पत्रकार दुर्घटना बीमा रुकम उपलब्ध गराइएको छ।
महासंघमा आज भएको एक अनौपचारीक कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोख्रेलले हुमागाँईकी श्रीमती तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठलाई ७५ हजार तीनसय ३३ रूपैयाँको चेक हस्तान्तरण गरे।
पत्रकार हुमागाँई मंसिर ९ गते पनौती ४ बाट बनेपातर्फ आउँदै गर्दा सवारी दुर्घटनामा परी टाउको गम्भीर चोट लागि सिर मेमोरियल काभ्रे र नर्भिक अस्पतालमा १४ दिन उपचार पश्चात हाल काभ्रेस्थित घरमा स्वास्थ्य लाभ गरिरहेका छन्।
3
Shares
प्रतिक्रिया