नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य अपराध भनेको छ। उसले प्रकरणमा जोडिएका सबैलाई कराबाहीका दायरामा ल्याउनु पर्ने प्रष्ट पारेको छ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै सजायको दायरमा आउनु पर्ने बताए।
‘नक्कली भुटानी शरणार्थी अवश्य पनि जघन्य अपराध हो। यस्तो सोच्नै नहुने कुरा भयो भन्ने आइरहेको छ। पत्रपत्रिकामा बाहिरएपछि हामीले जानकारी पाएको हो,’ उनले भने, ‘क्रियाकलपा अमानवीय आपराधिक काम हो। जति निन्दा गरे पनि कम हुन्छ। को-को संलग्न, कसरी संलग्न भएको छ, अनुसन्धानकर्ता अथोरिटीले बाहिर ल्याउला। अनुसन्धान र न्याय निरुपण पनि होला। जो-जो सहभागी छन्, गलत आपराधिक क्रियाकलाप गर्नेहरु सजायको दायरमा आउनु पर्छ। आउँछन्।’
273
Shares
प्रतिक्रिया