ad ad

राजनीति


बालुवाटारमा सुरू भयो सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सुरू भयो सत्ता गठबन्धनको बैठक

तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
बैशाख २३, २०८० शनिबार १८:३, काठमाडौँ

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको हो। 

विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकमा छलफल हुने बताइएको छ। 

सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। ओलीसँग सिंहदरबारमा २ घन्टा लामो छलफल गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका थिए। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका हाइ प्रोफाइल नेताहरूको अनुसन्धानका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चासो दिएका छन्।

ओलीसँगको भेटमा भएको कुराकानीबारे प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .