ad ad

राजनीति


महिला हिंसाका पीडकलाई सरकारले बाँकी राख्दैन : गृहमन्त्री श्रेष्ठ

महिला हिंसाका पीडकलाई सरकारले बाँकी राख्दैन : गृहमन्त्री श्रेष्ठ

नेपालखबर
बैशाख २४, २०८० आइतबार १४:५९, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताएका छन्।

आइतवार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताएका हुन्।

उनले महिला हिंसासम्बन्धी विगतका घटनाहरुको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने बताए। अनुसन्धान गरी दोषी र अपराधीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारे।

मन्त्री श्रेष्ठले हालसम्म प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै महिलाहरुलाई अझ अधिकारसम्पन्न बनाउन सरकारले प्रयत्न गर्ने पनि बताए।

मन्त्री श्रेष्ठले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघन र महिला हिंसाको घटनाहरुको समस्या समाधान गर्न आवश्यक नीति, निर्णय र कार्ययोजना बनाउन सरकार गम्भीर रहेको बताए।

उनले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालका घटनाहरुको समस्या समाधान हुने भन्दै त्यसलाई निस्कर्षमा पुर्याउनुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .