ad ad

राजनीति


नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा मागियो सरकारको जवाफ

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा मागियो सरकारको जवाफ

तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २४, २०८० आइतबार १६:५२, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुबारे सरकारको जवाफ माग गरेका छन्।

आइतबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग्दै उनले प्रकरणमा संलग्नहरुबारे सरकारको जवाफ माग गरेका हुन्। 

आकस्मिक रुपबाट उठाउनै पर्ने कुरा २ मिनेटमा राख्न सभामुखले समय दिएपछि उनले भने, ‘राज्यको चौथो अंग समाचार माध्यममा समाचार प्रकाशित भयो। तत्कालीन गृह वादलको निर्णयअ नुसार नेपालीलाई भुटानी बनाउने कार्यद गठन। सोही निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने दाबी गरी ८७५ जनासँग १०/१५ देखि ५०–५० लाख रुपैयाँ उठाएर एक अर्ब रुपैयाँ भन्दा बढी ठगी गर्नेहरु को–को हुन् सरकारले यहाँ राख्नुपर्यो।’

उनले सञ्चारमाध्यमहरुमा आएका विभिन्न समाचारका शीर्षकहरु बारे संसदलाई जानकारी दिँदै सबै विषयहरुमा छानविन गर्नुपर्ने पनि माग गरे। 

सुवालले सरकारलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिइसकेका कारण सरकारले फेरि विश्वासको मत पनि लिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .