राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखि हुँदै आएका भ्रष्टाचारका काण्डहरू ३३ वटा आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले विगत ३३ वर्षमा धेरै भ्रष्टाचारीहरु जन्मिएका भन्दै ३३ आयोग गठन गरेर छानविन गरिनुपर्ने बताएका हुन्।
ढकालले भ्रष्टाचार गर्नेहरुलाई पापीको संज्ञा पनि दिए।
‘भ्रष्टाचार गर्नेहरु पापी हुन्, धुन्धुकारीहरु हुन्,’ उनले भने, ‘यो ३३ वर्षमा यति धेरै धुन्धुकारी जन्मेका छन् यो देशमा, ती धुन्धुकारीहरुको ३३ वर्षको ३३ सय काण्ड आयोग बनाएर छानबिन हुनुपर्छ, बनाइनु पर्छ।’
उनले कलियुगमा जे पनि गर्न छुट नभएको पनि बताए।
‘आज लाग्या होला कलियुग, कलियुगमा जे गरे पनि हुन्छ,’ ढकालले भने, ‘कलियुगको ४ लाख ३२ हजार मध्ये जम्मा ५ हजार मात्रै आयु आएको छ। गर्न पाइदैन जे पनि।’
21
Shares
प्रतिक्रिया