ad ad

राजनीति


पृथ्वी जयन्तीलाई ‘राष्ट्रिय दिवस’को मान्यता दिन माग

पृथ्वी जयन्तीलाई ‘राष्ट्रिय दिवस’को मान्यता दिन माग

नेपालखबर
पुस २४, २०७६ बिहिबार १२:१७,

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु-याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको माग गरिएको बताएका छन्।

२९८ औं पृथ्वी जयन्तीको अवशरमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता बारे अन्तरक्रिया गर्न आयोजना भएको कार्यक्रममा राणाले यस्तो बताएका हुन्। उनले अहिले मुलुकमा कुशासन चलेकोले यसको अन्त्य हुनुपर्ने समेत बताए। कर्तव्यपालना नगर्ने शासकहरु विरुद्ध एक जुट भएर अभियानको सरुवात गर्न पनि उनले आग्रह गरे।

पार्टीका अर्को अध्यक्ष प्रकाशचन्द्र लोहोनीले हिमाल, पहाड र तराई मधेशका जनता सबै सम्मानका साथ राज्यमा बस्न पाउनुपर्छ भन्ने अभियानको सुरुवाता शाहले गरेको बताए।

पृथ्वी जयन्तीकै अवशरमा भएको अर्को कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका संस्थापक पृथ्वी नारायण शाहको योगदानलाई जीवित राख्दै सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँध्न नेपाली सेनाले प्रयास गरिरहेको बताएका छन्।

अनेकौं दृष्टिमा राष्ट्रनिर्माता नामक ग्रन्थको लोकापर्ण कार्यक्रममा प्रधानमन सेनापति थापाले राष्ट्रियता र राष्ट्रिय एकता अभिवृद्धि गर्ने अभिप्रायले एकीकरण मार्ग निर्माण गरिरहेको समेत बताए। नेपाल एकीकरण गर्दा प्रयोग भएका पदमार्ग, एकीकरण अभियानसँग सम्बन्धित इतिहास र ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्बद्र्धन गरी पर्यटनलाई सहयोग गर्ने लक्ष्यका साथ सेना अगाडी बढेको उनले बताए।

‘अनेकौं दृष्टिमा राष्ट्रनिर्माता’ ग्रन्थ हरि प्रसाद स्वडारीले लेखेका छन्। लेखक स्वडारीले पृथ्वी नारायण शाहसँग सम्बन्धि प्रकाशित पुस्तकहरुमध्ये यो पुस्तक वृहत रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .