नेपाली कांग्रेसका नेता नैनसिंह महरले भ्रष्टाचार उन्मुलनका लागि संसदले साझा संकल्प पास गरेर चालु अधिवेशनमा आवश्यक ठोस कानुन निर्माण गर्न माग गरेका छन्।
शुसासनका लागि सामाजिक अभियानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महरले आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंकका रुपमा रहेको भ्रष्टाचार निवारणका लागि कडा कानुनको आवश्यकता औँल्याएका हुन्।
महरले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेकाहरुविरुद्ध गहन अनुसन्धान गरी दोषी प्रमाणित भएका ठूला साना सबैलाई कडा कारबाही हुनुपर्ने बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसमेत बेलाबेलामा भ्ष्टाचारमा मुछिएको बताउँदै महरले अहिले पनि अख्तियारको खुट्टा धर्मराएको हो भनि प्रश्न गरे।
काण्डै-काण्ड र महाकाण्ड जस्ता पुस्तकमा नेपालको भ्रष्टाचारका काण्डहरु पर्दाफास गरिसकेका नेता महरले भ्रष्टाचारीहरुको कारण नेपाली समाजमा ईमान्दारहरु निरीह देखिएको प्रसंग उठाए।
Shares
प्रतिक्रिया