ad ad

राजनीति


स्वर्णिमसँग बाबुराम सहमत

स्वर्णिमसँग बाबुराम सहमत

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १०:२०, काठमाडौँ

सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्दै मौद्रिक उपकरणबाट अगाडि जान्छौं भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको बताए। 

उनले अर्थतन्त्रमा कसरी अगाडि लैजाने भन्ने रोडम्याप नदेखिएको बताए। उनले भने, 'मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भनेको सुनियो। यो गलत हो। वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ। यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ।’

उनले अबको प्राथमिकता गुणस्तरीय शिक्षा र पूर्वाधार भएको बताए। सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था नभएको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले स्वर्णिमको उक्त सहमति जनाएका  छन्।

स्वर्णिमको सुझाव शेयर गर्दै उनले प्रत्येक वर्ष बजेट र पूर्वबजेटमाथिको छलफलमा आफूले ‘संरचनात्मक फड्को', ‘झारफूक हैन सर्जरी’ शब्द संसद्‌ र संसदीय समितिमा उठाउँदै आएको बताए। २०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर ३ कार्यकाल सांसद बनेर गत मंसिर ४ मा निर्वाचन नै नलडेका उनले स्वर्णिमकै सुझाव आफूले यसअघि उठाउँदै आएको बताए।

तर आफ्ना सुझाव जिम्मेवार ठाउँमा बस्नेले कहिल्यै नसुनेको र नयाँ पुस्तालाई पनि यो उठाउँदै र चिच्चाउँदै गर्न उनले सुझाएका छन्।

उनले भनेका छन् 'संरचनात्मक फड्को, झारफूक हैन सर्जरी! यी शब्द मैले प्रत्येक वर्ष बजेट र पूर्वबजेटमाथिकोछलफलमा संसद र संसदीय समितिमा उठाउँदै आएको हुँ तर जिम्मेवार ठाउॅमा बस्नेहरूको कान र टाउकोमा कहिल्यै पसेन।'

उनले अगाडि भनेका छन्, 'नयाँ पुस्ताले पनि यो उठाउँदै गरोस्,चिच्याउँदै गरोस्! शुभकामना।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .