ad ad

कारोबार


२ करोड नेपालीले चलाउँछन् फोरजी इन्टरनेट

२ करोड नेपालीले चलाउँछन् फोरजी इन्टरनेट

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १०:४४, काठमाडौँ

नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा लिने ग्राहकको संख्या करिब २ करोड पुगेको छ। 

फोरजी सुरु भएको ६ वर्षमा फोरजी प्रयोगकर्ताको संख्या १ करोड ९२ लाख पुगेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार थ्रिजी चलाउनेको संख्या भने घटेको छ। 

१ वर्षअघिसम्म थ्रिजी प्रयोगकर्ता १ करोड ९ लाख रहेकोमा त्यो घटेर ८१ लाखमा सीमित भएको छ। अघिल्लो वर्षसम्म फोरजीका प्रयोगकर्ता १ करोड ७६ लाख थिए।

सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन्। 

फोरजी नेपालमा २०१७ जनवरीबाट प्रयोगमा आएको थियो। हाल सबै जिल्लामा फोरजीको पहुँच पुगेको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

नेपाल टेलिकमले अहिले विभिन्न शहरमा फाइभजी परीक्षण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .