नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गर्ने सम्भावना छ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक बस्दै छ।
एमालेका एक उच्च तहका नेताका अनुसार आजको बैठकले उनका विषयमा ‘केही न केही’ निर्णय गर्नेछ।
‘पार्टीभित्र उनलाई पार्टी गतिविधिबाट अलग गरेर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने सबैको मत छ’, ती नेताले मंगलबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले उनलाई पार्टीको जिम्मेवारीबाट हटाइने सम्भावना छ।’
तर रायमाझी पार्टीको एक तहका नेता भएकाले पार्टीले हतारमा एकैपटक ‘एक्सन’ नलिएर सत्यतथ्य के हो भन्ने बुझेर निर्णय गर्ने उनको भनाइ छ।
‘जे होस्, आजको बैठकले उनी (टोपबहादुर) बारे केही न केही निर्णय अवश्य गर्छ’, उनले भने, ‘सुरुमा पार्टीका तर्फबाट पनि छानबिन समिति गठन गर्ने कुरा पनि हुनसक्छ।’
त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गलत गर्ने मान्छेलाई पार्टीले संरक्षण नगर्ने बरु कारबाहीमा सघाउने बताइरहेका छन्।
सम्बन्धित खबर-
- अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका सांसद टोपबहादुर सम्पर्कविहीन
- भैरहवा नपुग्दै सम्पर्कविहीन टोपबहादुर कहाँ गए?
- छोरो रुँदै हिरासत पस्दा आफू जोगिन पावर लगाउँदै टोपबहादुर
- टोपबहादुरबारे छानबिनमा एमालेले सहयोग गर्छ : महेश बस्नेत
- एमालेलाई माओवादी सांसदको सुझाव- टोपबहादुरलाई कानुनी दायरामा ल्याउनुमा नै कल्याण छ
- टोपबहादुर मेरो सम्पर्कमा छैनन् : ओली
- टोपबहादुर पक्रन गएका प्रहरीलाई आईजीपीले नै फिर्ता बोलाएका थिए
- भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै ठगी, थप १० जनाले दिए उजुरी
- नक्कली शरणार्थी अमेरिका जान लाग्दा नेपालमै बस्न चाहन्छन् सक्कली भुटानी
- भुटानी शरणार्थी प्रकरण जघन्य अपराध हो, संलग्नलाई सजाय होस् : कांग्रेस
- नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा मागियो सरकारको जवाफ
- भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भए राजनीति त्याग्छु : रामहरि खतिवडा
- भुटानी शरणार्थी प्रकरणमा दबाब दिएर केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड
Shares
प्रतिक्रिया