ad ad

राजनीति


‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन राष्ट्रियसभा अध्यक्षको निर्देशन

‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन राष्ट्रियसभा अध्यक्षको निर्देशन

फाइल तस्बिर।


नेपालखबर
बैशाख २६, २०८० मंगलबार ११:३५, काठमाडौँ

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गते बसेको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

आज (मंगलवार) बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले रायमाझीले प्रयोग गरेको 'झड्केलो छोरो टोपबहादुर रायमाझी' शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका थिए। एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एक पटक सुनेर आजको बैठकमा निर्णय लिने बताएका थिए।

सोही अनुसार बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको शब्द हटाउन निर्देशन दिए।

अध्यक्ष तिमिल्सिनाले सदस्यहरूले सभामा बोल्दा राष्ट्रियसभाको हालसम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को व्यवस्था बमोजिम शिष्ट र मर्यादित शब्द प्रयोग गर्न पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .