ad ad

राजनीति


‘झड्केलो छोरो’ शब्दप्रति रायमाझीको प्रष्टोक्ति : हराएका माननीयको खोजी गरेको हुँ

‘झड्केलो छोरो’ शब्दप्रति रायमाझीको प्रष्टोक्ति : हराएका माननीयको खोजी गरेको हुँ

फाइल तस्बिर।


नेपालखबर
बैशाख २६, २०८० मंगलबार ११:४३, काठमाडौँ

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरू देशको माननीय हराएका कारण खोजी गरेको रूपमा लिनुपर्ने बताएका छन्।

मंगलवार बसेको राष्ट्रियसभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झड्केलो छोरोको रूपमा भनेपनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य गरे।

‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र वन्धु भएको कारणले धेरै चासो राखेको हो,' उनले भने, 'यो विषयमा उहाँहरूले आफ्नै सन्तान बनाउन हिजो साथीहरुले भन्नुभयो, मैले उहाँहरूको आफ्नै सन्तान हो, झड्केलो होइन भनेको भए खुशी हुनुहुन्थ्यो।'

मंगलबारको बैठकमा  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन निर्देशन दिइरहेका छन्।

वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .