ad ad

राजनीति


टोपबहादुर रायमाझीको घरमा प्रहरीको खानतलासी

टोपबहादुर रायमाझीको घरमा प्रहरीको खानतलासी

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १५:३२, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको ललितपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ।

ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खानतलासी गरेको हो।

टोपबहादुरविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि अर्घाखाँचीमा कानुनलाई सघाउँछु भन्दै हिँडेका उनी अहिलेसम्म गायब छन्। 

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा बिचौलियाहरुबाट करोडौं रकम बुझेको आरोप टोपबहादुर र छोरा सन्दीपमाथि लागेको छ।

टोपबहादुर गत वैशाख २० गतेदेखि गायब छन्। उनका छोरालाई प्रहरीले त्यही दिन बुटवलबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ। बिचौलियाहरुले सन्दीपको नाममा चार वर्षअघि डेढ करोडको चेक काटेका थिए। 

टोपबहादुर गायब भएपछि एमालेलाई अन्य दलहरुले दबाब दिइरहेका छन्। एमालेमाथि रायमाझीलाई लुकाएको आरोप लागिरहेको छ।

यसैबीच एमालेको सचिवालय बैठक अहिले च्यासलमा बसिरहेको छ। टोपबहादुर जोडिएको प्रकरणबारे पनि एमाले बैठकमा कुरा हुन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .