नेकपा एमालेको सचिवालय बैठक पार्टी कर्यालय च्यासलमा सुरु भएको छ।
बैठकमा पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदन पेस हुनेछ।
यस्तै, ग्रासरुट अभियानको सांगठनिक प्रतिवेदनमाथि छलफल हुने नेताहरू बताउँछन्।
एमालेको विभिन्न आयोगहरुका विषयमा पनि छलफल गर्ने कार्यसूची छ।
त्यसबाहेक समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा नक्कली भुटानी शरणार्थी बनाएको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेका एमालेका सचिव टोपबहादुर रायमाझीका विषय छलफल हुने छ।
21
Shares
प्रतिक्रिया