ad ad

कारोबार


नेपाललाई क्रिप्टो माइनिङ हब बनाउन सकिन्छ : विनोद चौधरी

नेपाललाई क्रिप्टो माइनिङ हब बनाउन सकिन्छ : विनोद चौधरी

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १५:४६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपाललाई क्रिप्टो माइनिङ हब बनाउन सकिने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले सो कुरा बताएका हुन्। 

उनले अहिले नेपालमा क्रिप्टो कारोबार बन्द भएपछि त्यसमा प्रतिबन्द गर्नुपर्ने कारण नहरको पनि बताए। 

क्रिप्टोको लागि विशेष कार्यक्रम घोषणा गर्न सकिने र त्यसको लागि ठूला लगानीकर्ता समेत ल्याउन सकिने उनको भनाई छ। 

यस्तै, उनले नेपालले वस्तु निर्यात गरेर व्यापार घाटा पूर्ति गर्न नसकिने पनि बताए। 

अर्बपतिको सूचीमा समावेश भइसकेका चौधरीले आज (मंगलबार) नेपाल ठूलो व्यापार घाटामा रहेको बताउँदै त्यसको पूर्ति अन्य क्षेत्रबाट हुनुपर्ने बताए। 

वस्तु निर्यात गरेर त्यसको पूर्ति नहुने पनि उनले बताए। चौधरीका अनुसार घाटा कम गर्नका लागि जलविद्युत महत्वपूर्ण रहेको पनि बताए। 

पछिल्लो सयम अरुण तेस्रो लगायतका आयोजनाको लगानी मोडालाटीम देश अघि बढ्नुपर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .