ad ad

राजनीति


स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ : एकैपटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ : एकैपटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

नेपालखबर
बैशाख २७, २०८० बुधबार ११:३२, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको शल्यक्रिया गर्नुपर्छ भनी दिएको सुझावको जवाफ दिएका छन्।

सोमबार प्रि-बजेट छलफलमा वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने बताएका थिए। जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्र बिग्रिने बताएका छन्।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सबै ठाउँमा एकैपटक सर्जरी गर्दा अफ्ठ्यारो हुने उनको भनाइ थियो।

‘मेरो सम्पूर्ण कोशिस जहाँ अफ्ठ्यारा छन् ती अफ्ठ्याराहरुलाई खोल्ने नै हो, तर आज नै संसद् पनि सर्जरी नै गर्नुपर्छ भन्ने आवाज उठ्यो, धेरै ठाउँमा समस्या देखिएपछि सबै ठाउँमा एकैपटक सर्जरी गर्न खोज्यो भने पनि समस्या आउँ,' उनले भने।

तत्काल सुरुवात गरेर समस्या निवाकरणका लागि रोडम्याप बनाएर अघि बढ्नुपर्ने उनले बताए।

यसैगरी उनले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्ने कुराको अन्त्य गर्ने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .