नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
मैजुबहालस्थित निवासबाट जरुरी पक्राउ पुर्जी दिएर समातिएका उनलाई अहिले परिसरका डीएसपीको कार्यकक्षमा राखिएको छ।
खाँणलाई लगेपछि प्रहरीले परिसरको मूलढोका नै बन्द गरेको छ। अब उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारीमा प्रहरी लागेको छ।
258
Shares
प्रतिक्रिया