ad ad

राजनीति


राप्रपा सांसदले नाराबाजी गरेपछि संसद् बैठक स्थगित

राप्रपा सांसदले नाराबाजी गरेपछि संसद् बैठक स्थगित

फाइल तस्बिर।


नेपालखबर
बैशाख २७, २०८० बुधबार ११:४०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरूले नाराबाजी गरेपछि संसद बैठक केही समयका लागि स्थगित भएको छ। 

बुधवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो।

बैठक सुरु हुनेबित्तिकै राप्रपाका सांसदहरूले उठेर बोल्न माग गरेका थिए।

सभामुख देवराज घिमिरे संसदलाई नियमित प्रक्रियामा लग्नको लागि बोल्नैपर्ने बाहेकका सांसदहरूलाई बोल्ने कार्यक्रम नराखेको बताएका थिए।

त्यसपछि राप्रपाका सांसदहरूले विरोध जनाउँदै नाराबाजीमा उत्रिएका थिए। उनीहरूले बोलकै छेउमा आएर नराबाजी जारी राखेपछि ‍ सभामुखले १५ मिनेटका लागि संसद स्थगित गराएका हुन्।

बुधवारको संसद बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेटका विषयमा जवाफ दिने कार्यसूची छ।

 

सभामुखले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै शून्य समयबाहेको समय नराखिएको जानकारी गराएका थिए।

उनले आफ्ना कुराहरु शून्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए।

तर राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखे पनि सभामुखले राप्रपाको बिरोधका बाबजुद शून्य समयको लागि बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराए।

लगत्तै राप्रपा सांसदहरुले वेल घेराउ गरेपछि बैठक सञ्चालनमा झनै अवरोध पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .