ad ad

राजनीति


पूर्वगृहमन्त्री खाँणलाई ३ दिन हिरासतमा राख्न अनुमति

पूर्वगृहमन्त्री खाँणलाई ३ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत परिसरमा बालकृष्ण खाँण। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख २७, २०८० बुधबार १६:१८, काठमाडौँ

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न ३ दिन म्याद थप गरिएको छ।

बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।

महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन ३ दिनको म्याद लिइएको हो।

खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा ५ घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो। त्यसपछि अदालत लगेको हो।

खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ।

त्यसैगरी मंगलबार पक्राउ परेका दुईजना बिचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई भने चार दिन म्याद थपिएको छ। 

यो मुद्दामा पक्राउ परेका सबै १२ जनाको अब एक साथ तीन दिन म्याद थप हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .