ad ad

राजनीति


खाँणलाई दरबारमार्ग वृत्तको हिरासत लगिने, केसी काठमाडौं परिसरमा

खाँणलाई दरबारमार्ग वृत्तको हिरासत लगिने, केसी काठमाडौं परिसरमा

नेपालखबर
बैशाख २७, २०८० बुधबार २०:११, काठमाडौँ

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिने भएको छ।

नक्कली शरणार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका खाँणलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

उनीसँगै पक्राउ परेका खाँण गृहमन्त्री हुँदाका निजी सचिव नरेन्द्र केसीलाई भने जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएको छ।

त्यहाँ केसीसँगै मंगलबार पक्राउ परेका बिचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई भने काठमाडौं परिसरकै हिरासतमा राखिएको छ।

मंगलबारबाट गणना हुने गरी उनीहरु दुई जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

यसअघि पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको छ। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप, बिचौलिया सन्देश शर्मा भने काठमाडौं परिसरकै हिरासतमा छन्।

बिचौलिया केशव दुलाल र सानु भण्डारी प्रहरी वृत्त कालीमाटीमा छन्। हिरासतमै इन्द्रजित राईमाथी हातपात गरेपछि उनीहरुलाई सारिएको हो। टंक गुरुङ र सागर राई जनसेवा बृत्तको हिरासतमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .