राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजनीतिक दलबीच भ्रष्टाचारविरुद्ध को बढी कडा भन्ने होडबाजी चलेको भन्दै खुसी व्यक्त गरेकी छन्।
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका लागि धमाधम ठूला नेता पक्राउ पर्न थालेपछि प्रतिनिधिसभा सदस्य कार्कीले देशमा राम्रो संकेत देखिएको प्रतिक्रिया दिएकी हुन्।
राजनीतिक दलहरूबीच इमान्दार हुने प्रतिस्पर्धा हुनु देशको राजनीति सङ्लिँदै गएको लक्षण भएको उनको भनाइ छ।
‘भ्रष्टाचारविरुद्ध कुन दल बढी चर्को, को बढी खरो भन्ने होडबाजी चलेको छ, निकै राम्रो संकेत हो’, सांसद कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘को बढी इमान्दार हुने भन्ने होडबाजीको सुरुवात भएको दिन ढुक्क हुनेछु– मेरो देशको राजनीति सङ्लदिँ छ।’
36
Shares
प्रतिक्रिया