ad ad

राजनीति


कांग्रेसले थाल्यो कोशीमा एमाले नेतृत्वको सरकार फेर्ने कसरत

कांग्रेसले थाल्यो कोशीमा एमाले नेतृत्वको सरकार फेर्ने कसरत

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १९:४२, काठमाडौँ

नेपाली कांग्रेसले कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार फेर्ने कसर थालेको छ।

सभापति शेरबहादुर देउवा निवासमा बिहीबार दिउँसो बसेको वर्तमान र पूर्वपदाधिकारीहरुको छलफलले कोशीको सरकार फेर्ने पहल थाल्ने निष्कर्ष निकालेको हो।

बैठकपछि बोल्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले यो बैठक सभापति देउवाले रायसुझाव र सल्लाहका लागि राखेको पनि बताए। 

उनले कोशी प्रदेशमा अझै पनि माओवादीको सहयोगमा एमाले नेतृत्वको सरकार रहेको भन्दै केन्द्रीय गठबन्धनअनुसार फेर्ने पहल गर्ने निष्कर्ष निकालिएको बताए। 

बजेट अधिवेशन चलिरहेको छ। ‘कोशी प्रदेशमा एमाले र माओवादीको सरकार छ। केन्द्रमा कांग्रेस र मा‌‌ओवादीको सरकार छ’, उनले भने, ‘कोशी प्रदेशमा अर्कै सरकार छ। कोशी  प्रदेशमा कसरी केन्द्रको सरकारसँग तालमेल मिलाउने कुरा भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .