नेपाली कांग्रेसका पुराना नेता एवं संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ।
जननायक बीपी कोइराला स्मृति ट्रस्टका अध्यक्ष राजेन्द्र पराजुलीका अनुसार आज बिहान ४ बजे सिफल हाइटस्थित आफ्नै निवासमा बस्नेतको निधन भएको हो। उनी ट्रस्टका कोषाध्यक्ष थिए।
‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ पुस्तकका लेखक बस्नेतले गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर पनि काम गरेका थिए।
बस्नेत २०६२–०६६ सम्म कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य थिए। उनी सोलुखुम्बुका कांग्रेसका पूर्वसभापति पनि हुन्। उनले प्रजातन्त्रका लागि ९ वर्ष जेल जीवन पनि बिताएका थिए।
48
Shares
प्रतिक्रिया