स्वतन्त्र सांसद डा. अमरेश सिंहले नक्कली शरणार्थी प्रकरणमा ठूला तीन दलका शीर्ष नेता उम्किने उपायको खोजीमा लागिरहेको बताएका छन्।
ललितपुरमा आइतवार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताउका हुन्।
यो प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी भागेकाले पुलिसलाई तनाव भएको पनि उनले बताएका छन्।
‘यो घटनामा सञ्चारमाध्यमलाई सजग रहनु पर्छ। यसलाई निरन्तर वाच गरिएन भने कुरो बिग्रिन्छ’, उनले भने, ‘अहिले तीन दलका शीर्ष नेताको बैठक नै यसबाट कसरी निस्किने भन्ने उपायको खोजीमा भइरहेको छ। यदि यदि यो घटनामा शीर्ष नेताहरु जोडिए भने नेपालको राजनीतिका लागि टर्निङ पोइन्ट हुन्छ। देश नयाँ नेतृत्वमा जान्छ।’
उनले नेपालमा भ्रष्टाचारको आकार ठूलो मात्रामा बढेको बताए। सिंहले यसअघि निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलसँग एकजना प्रधानमन्त्रीका छोरा नै ७५ करोड डिल गर्न पुगेको पनि दाबी गरे।
Shares
प्रतिक्रिया