ad ad

राजनीति


पाल्पा, प्युठान र गुल्मीमा जनमोर्चाको नयाँ नेतृत्व

पाल्पा, प्युठान र गुल्मीमा जनमोर्चाको नयाँ नेतृत्व

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १९:९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्लामा सम्मेलन गरी धमाधम नयाँ नेतृत्व चयन गरेको छ।

हालै जनमोर्चाले पाल्पा, प्युठान र गुल्मीमा जिल्ला सम्मेलन गरी नेतृत्व चयन गरेको हो।

जनमोर्चा पाल्पाको शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको पाचौँ जिल्ला सम्मेलनले विशाल दर्लामीलाई अध्यक्ष चयन गरेको छ।

१७ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा मानबहादुर बयम्बु चयन भएका छन् भने सचिवमा वीरेन्द्र मिदुन, सहसचिव नरमती सिञ्जाली र कोषाध्यक्षमा टिकाराम पौडेल चयन भएको राजमो पाल्पाले जनाएको छ।

सममेलनको उद्घान महासचिव मनोज भट्टले गरेका थिए।

यता, राष्ट्रिय जनमोर्चा प्युठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने चयन भएका छन्।

शनिबार सम्पन्न छैठौं जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ३१ पूर्ण र १० वैकल्पिकसहित ४१ सदस्यीय जिल्ला समिति चयन गरेको हो। यस्तै, सम्मेलनले १० जनालाई सल्लाहकार समेत चयन गरेको छ ।

जिल्ला समितिको उपाध्यक्षमा ईमानसिंह खड्का, सचिव केशवराज आचार्य, सहसचिव नारायण जिसी र कोषाध्यक्षमा टिकाबहादुर जिसी चयन भएका छन्।
सम्मेलनको उद्घाट उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेलले गरेकी थिइन्।

यस्तै, जनमोर्चा गुल्मीको पाचौँ जिल्ला सम्मेलनले रामकुमार क्षेत्री अध्यक्ष रहेको २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा टेकबहादुर केसी, सचिवमा छविलाल सर्तुङी, सहसचिवमा हरि न्यौपाने र कोषाध्यक्षमा नरमाया राना रहेका छन्।

राजमोका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्यमा सदरमुकाम तमघास बजारमा सम्मेलन सम्पन्न भएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .