ad ad

राजनीति


सबैभन्दा असंगठित र अव्यवस्थित प्रधानमन्त्री कार्यालय नै हो : रघुजी पन्त

सबैभन्दा असंगठित र अव्यवस्थित प्रधानमन्त्री कार्यालय नै हो : रघुजी पन्त

नेपालखबर
जेठ २, २०८० मंगलबार १६:१२, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी रहेको बताएका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। 

उनले समिति सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भुमिकामा रहनुपर्ने पनि बताए। 

‘समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी छ। सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भुमिकामा हामी छौँ, समितिले खेल्ने भुमिका के हो?,’ उनले भने, ‘सबैभन्दा असंगठित र अव्यवस्थित प्रधानमन्त्री कार्यालय नै हो, त्यो व्यवस्थित छैन। राजनीतिक अस्थिरताले प्रभावकाकरी बन्न सकेको छैन।नेपालको समिति प्रणाली अति लोकतान्त्रिक छ, त्यसले हाम्रो संवेदनशीलतामा अफ्ठ्यारो भइरहेको छ।’

अहिले सबैभन्दा असंगठित र अव्यवस्थित स्थान प्रधानमन्त्री कार्यालय रहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताए। 

प्रधानमन्त्री कार्यालय राजनीतिक अस्थिरताका कारण व्यवस्थित हुन नसकेको बताए।

सांसद पन्तले नेपालको समिति प्रणाली अति लोकतान्त्रिक भएको र यसले समितिको संवेदनशीलतामा प्रश्न उठाएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .