ad ad

राजनीति


मुकेश कायस्थलाई सरकारले गर्‍यो सहिद घोषणा

मुकेश कायस्थलाई सरकारले गर्‍यो सहिद घोषणा

नेपालखबर
जेठ २, २०८० मंगलबार १७:५४, काठमाडौँ

सरकारले विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाइ सहिद घोषणा गर्ने निर्णय गरेको हो। 

जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो।

गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे।

गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो। उनको गत वैशाख २८ गते निधन भएको थियो।

बनेपाको विद्यासागर बोर्डिङ्ग स्कुलका विद्यार्थी मुकेशलाई गोली लागेपछि उनले आफ्नो अध्ययनलाई अगाडि बढाउन सकेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .