ad ad

राजनीति


‘गिरिजाप्रसाद हुँदासम्म गाउँ गाउँमा भेटिने कांग्रेस अहिले सहरमा रमायो’

‘गिरिजाप्रसाद हुँदासम्म गाउँ गाउँमा भेटिने कांग्रेस अहिले सहरमा रमायो’

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८० बुधबार १५:९, काठमाडौँ

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सहरकेन्द्रित भएको आरोप लगाएका छन्। 

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

यादवले पूर्वप्रधानमन्त्री गिरिजप्रसाद कोइराला जीवित रहुन्जेल गाउँ गाउँमा पुगेर पार्टीका कुरा बुझ्ने प्रचलन अहिले हराउँदै गएको बताए।

उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए। 

यादवले निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने तर्क गरे। 

‘कांग्रेस सहरकेन्द्रित भयो। गिरिजाप्रसाद कोइरालाहरु गाउँकेन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्ला जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो’, उनले भने, ‘पहिला केन्द्रीय समितिमा ३०,३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कमसेकम आधालाई जिल्लामा खटाएको भए एउटामा दुईजना पुग्थे। अरु पार्टीका पार्टीका सदस्यहरु ग्रासरुट गरिरहेका छन्। तपाईहरु यहाँ बसिरहनु हुन्छ।’

प्रथम राष्ट्रपति यादवले नेकपा एमालेसहितका अरु पार्टीले मिसन ग्रासरुट गरिरहँदा कांग्रेस भने शहरमा मात्रै केन्द्रित भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .