ad ad

राजनीति


१५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्दै, बैठकअघि सभामुखसँग छलफल

१५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्दै, बैठकअघि सभामुखसँग छलफल

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८० बिहिबार १२:१५, काठमाडौँ

बिहीबार मध्यान्ह बस्न लागेको प्रतिनिधिसभाको बैठकमा १५ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने भएका छन्। 

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहेका बेला प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको प्रत्यक्षरुपमा उत्तर दिन लागेका हु्न्। 

प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेसँग संसद भवन नयाँबानेश्वरमा संवाद गरेका छन्। यसअघि पनि प्रधानमन्त्री र सभामुखबीच संवाद भएको थियो। 

प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक बिहान ११ बजे बस्ने तालिका थियो। तर मध्यान्ह भइसक्दा पनि सुरु भएको छैन। 

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम छ। 

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको थियो। 

उक्त छलफलमा प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएको थियो।

प्रधानमन्त्रीले संसद‌्‌भित्र रहेका दलहरुको संख्याका आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्न पाउनेछन्।

प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था छ। नियमावली अनुसार ३ दिन अगावै प्रधानमन्त्रीलाई सोध्ने प्रश्न सभामुखकहाँ आइपुग्नुपर्छ। त्यसको सामान्य जानकारी प्रधानमन्त्रीलाई गराउने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .