ad ad

समाज


हङकङमा अवैध बेटिङमा संलग्न १७ जना पक्राउ, गरेका थिए ३ करोड अमेरिकी डलरको कारोवार

हङकङमा अवैध बेटिङमा संलग्न १७ जना पक्राउ, गरेका थिए ३ करोड अमेरिकी डलरको कारोवार

नेपालखबर
जेठ ४, २०८० बिहिबार १२:१६, काठमाडौँ

हङकङ प्रहरीले अवैध बेटिङ र अपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ गरेको छ।

यस साता हङकङ प्रहरीले बुकमेकिङ र मनी-लाउन्डरिङ सिन्डिकेटमा संलग्नलाई कारवाही गर्ने क्रममा १७ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरू विगत १० महिनायता यस्तो गतिविधिमा संलग्न थिए। यसरी उनीहरूले २४ करोड हङकङ डलर (३ करोड ६ लाख अमेरिकी डलर) संकलन गरेको खुलेको छ।

उनीहरूले जुन २०२२ देखि  यो वर्षको अप्रिलसम्म १८ वटा बैंकमा कारोवार गरेको भेटिएको प्रहरीका वरिष्ठ निरीक्षक चान लोकुलनले बताए।

प्रहरीका अनुसार उनीहरूले यस्तो कार्यका लागि १ हजार वर्गकिलोमिटरमा नयाँ व्यापारिक एकाइका लागि भाडामा लिएका थिए।

जुवा खेलाइरहेको जानकारी पाएपछि प्रहरीले शृंखलावद्ध रेडका क्रममा बुधबार र बिहीबार १३ महिला र एक पुरुषसहित १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये ५ पुरुष र एक महिलासहित ६ मुख्य अभियुक्त गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् पन्टर (बेटिङ गर्ने व्यक्ति) खोजेका थिए।

उक्त समूहले एक वेबसाइटमार्फत विदेशीहरूलाई पनि जुवा खेलाइरहेको पाइएको छ। जसमा महजोंग र ब्याकाराट जस्ता खेलहरू खेलाएर बेटिङ गर्न लगाइएकोव थियो।

जुवा खेलाइरहेको जानकारी पाएपछि प्रहरीले शृंखलावद्ध रेडका क्रममा बुधबार र बिहीबार १३ महिला र एक पुरुषसहित १७ जनालाई पक्राउ गरेको छ।

अपरेसनका क्रममा प्रहरीले ७ लाख ६० हजार हङकङ डलर बराबरको १६ वटा कम्युटर, ८० वटा मोबाइल र २७० थान सिमकार्ड पनि बरामद गरेको छ।

अहिले उक्त घटना अनुसन्धानका क्रममै रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .