ad ad

राजनीति


माओवादी लडाकुको संख्या र बाँडिएको रकमबारे प्रधानमन्त्रीले ढाँटेको आरोप

माओवादी लडाकुको संख्या र बाँडिएको रकमबारे प्रधानमन्त्रीले ढाँटेको आरोप

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १४:३५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएका छन्। 

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार प्रतिनिधिसभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

प्रधानमन्त्रीले महालेखा परीक्षकको कार्यालयले ठिक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपुर्‍याउने उनको भनाई थियो। 

सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र त्यही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए। 

‘हामी सबैको चाहना, नेपाली जनताको चाहना सुशासन हो। सुशासन कायम गर्न सकियो भने स्वभाविक हिसाबले नेपाली जनताबीच आशा पलाउँछ। यो आशा पलाउन मुलुकको नेतृत्व गरिरहेको मान्छेको भनाई र गराईमा एकरुपता हुन आवश्यक छ’, उनले भने,  ‘मैले हिजो प्रतिनिधिसभाको पश्नोत्तर कार्यक्रम टिभीमा हेर्दै थिए। त्यहाँ एकजना माननीयज्यूले क्यान्टोनमेन्टको भ्रष्टाचारबारे कुरा उठाउनु भयो। त्यति मात्रै उठाउनु भएन, प्रधानमन्त्रीले हाम्रा सेना ७-८ हजार त हो नि। हामीले १९, २०, २२ हजार थपेर २० हजार प्रमाणीकरण गर्न भ्यायौंँ भन्नु भएको कुरा पनि सोध्नु भएको थियो। तर जवाफमा हिसाब ठिकै छ। महालेखा परीक्षकको कार्यालयले ठिक भनिसकेकाले नकोटयाऊँ भन्नुभयो। तर तपाईंले त्यो बेला भिडिओ टेपमा ६/७ हजार मात्रै भन्नु भएको थियो नि। त्यो के हो भनेर सोधिएको थियो। यसले के देखाउँछ भने मुलुकको नेतृत्व गरिरहेको मान्छेले अभिव्यक्त गर्ने भनाई, गराई र व्यवहारमा एकरुपता भएन भने सुशासन कायम हुन सक्दैन।’ 

उनले मुलुकको नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले भनाई र गराईमा एकरुपता आउनुपर्ने बताए। गल्ती भएका क्षमा माग्दै अगाडि बढ्ने काममा थालनी होस्। म अपेक्षा गर्छु। ’

सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .